भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
सर्लाही, २२ बैशाख । सर्लाहीको जंगलमा बेला–बेला देखा परिरहेको सर्प एक घरमा आएर शान्त स्वभावमा बसेपछि नाग भनेर पूजा गर्नेहरुको घुइँचो लागेको छ ।
सर्लाहीको गौरीशंकरको बाँके चोकमा करिब तीन साता देखि एकै स्थानमा बसेको ९ फिट लम्बाई भएको उक्त सर्पलाई नागको रुपमा पूजा गर्नेहरु दैनिक ५–६ हजार जना आउने गरेका स्थानीयहरुले बताएका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँके चोकस्थित जिल्ला वन कार्यालयको वनरक्षक बस्ने क्वार्टरमा बसिरहेको उक्त सर्पलाई हेर्न र पूजा गर्न सर्लाही, बारा, रौतहट, महोत्तरी, धनुषा लगायतका जिल्लाबाट पनि आउने गरेका छन् । दर्शनार्थीका रुपमा पुगेका मानिसहरुले दूध, लावा खुवाउँदा समेत उक्त सर्पले सर्पको जस्तो व्यवहार नदेखाउँदा धेरै जना अचम्ममा परेका छन् ।
दर्शनार्थीहरुको घुइँचो लागेसँगै भेटी पनि संकलन हुन थालेको छ । जसले स्थानीयलाई समिति बनाउन बल पुगेको छ । अहिले सर्पको स्थानीय टलक बहादुर पुलामी मगरले रेखदेख गरेको भएपनि समिति बनाउने बारे छफल भइरहेको छ। दैनिक अपरान्ह ३ः१५ देखि ४ बजेको बीचमा बसेको स्थानबाट बाहिरिने गरेपनि उक्त सर्प अधिकांश समय एकै स्थानमा बस्ने गरेको छ ।
छुँदा समेत कुनै प्रतिक्रिया नदेखाई दिनहूँ एकै रुटिनमा आफ्नो गतिविधि गरिरहेको उक्त सर्पलाई अधिकांशले नागको रुपमा अर्थ्याएका छन् । त्यहाँ पुग्ने केही महिलाहरु सर्प रहेको स्थानमा ‘शिवलिङ्ग रहेको र मन्दिर बनाउनु पर्ने’ भन्दै दैनिक काम्ने गरेका छन् ।
दैनिक रुपमा सर्प हेर्न आउनेहरुको भीड बढ्दै जान थालेपछि र भेटी पनि संकलन हुन थालेपछि स्थानीय प्रशासनले सर्पको बारेमा चासो देखाउन थालेको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

0 comments:
Post a Comment